बिहीबार, असार १२,२०८२ 01:09:55
  • बिहीबार, असार १२,२०८२ 01:09:55
Global IME Bank Limited

अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

Hyundai Nepal
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाको वासिङ्टनमा रहेको यहुदी सङ्ग्रहालय बाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छिन् ।  

यस घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ। उनीहरु दुवै क्यापिटल यहुदी म्युजियमको एक कार्यक्रममा भाग लिएर बाहिर निस्केका थिए जब उनीहरुलाई गोली लागेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आक्रमणको तरिका हेर्दा यो सुनियोजित ढंगले गरिएको जनाइएको छ । स्थानीय समय अनुसार राति ९.०५ बजे एफ स्ट्रिटमा गोलीबारी भएको थियो। यो एक क्षेत्र हो जहाँ धेरै पर्यटक स्थल, संग्रहालय र सरकारी भवनहरु छन्। यसमा एफबीआईको फिल्ड अफिस पनि समावेश छ।  

रिपार्टका अनुसार इजरायली दूतावासका धेरै कर्मचारीहरू गोलीबारीको समयमा संग्रहालयको कार्यक्रममा उपस्थित थिए । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूतले घटनालाई यहूदी विरोधी आतंकवादको कार्य भनेर वर्णन गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.