शनिबार, जेष्ठ २,२०८३ 08:19:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:19:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विदेश जाने टिकट मात्र रु ११ मा , कुन एयरलाइन्सले ल्याया यस्तो अफर ?

Laxmi Sunrise Bank Limited
विदेश जाने टिकट मात्र रु ११ मा , कुन एयरलाइन्सले ल्याया यस्तो अफर ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय हवाई यात्राको न्यूनतम भाडा कतिसम्म होला ? यो प्रश्न देख्दा पक्कै पनि जो कोहीको दिमागमा हजार वा लाख आउँछ होला । तर मात्रै ११ भारुमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ भन्दा भने जो कोहिलाई विश्वास नलाग्न सक्छ ।  

हो, यस्तै अविश्वसनिय अफर भियतनामको एयरलाइन्स कम्पनी भियतजेटले भारतीय यात्रुहरूका लागि घोषणा गरेको छ। कम्पनीले यो अफर सीमित समयका लागि उपलब्ध गराउने जनाएको छ ।  

भियतनामी एयरलाइन्सले भारत र भियतनामबीचको सबै सीधा उडानहरूमा इकोनोमी क्लासको एकतर्फी भाडा मात्र ११ भारु (कर र शुल्कहरू बाहेक) बाट सुरु हुने जनाएको छ । यस अफर अन्तर्गत बुकिङहरू सुरु भइसकेका छन् र जुन ३, २०२५ सम्म प्राप्त गर्न सकिन्छ। अफरमा रहेका टिकटहरू भियतजेटको आधिकारिक वेबसाइट र मोबाइल एप मार्फत बुक गर्न सकिने व्यवस्था गरिएको छ ।  

Bizshala
New Office
CG Motors

एयरलाइन्सका अनुसार यी प्रमोशनल टिकटहरू सार्वजनिक बिदा र पिक ट्राभल पिरियड बाहेक जुलाई १, २०२५ देखि मार्च २८, २०२६ सम्मको यात्राका लागि मान्य हुनेछन्।  

भियतजेटले भारत र भियतनाम बीच साप्ताहिक रुपमा ७८ वटा उडानहरू सञ्चालन गरिरहेको छ। यी उडानहरूले भारतको नयाँ दिल्ली, मुम्बई, अहमदाबाद, हैदरावाद, बैंगलोर र कोचीलाई भियतनामका रमणीय गन्तव्यहरू जस्तै हनोई, हो ची मिन्ह सिटी र दा नाङसँग जोड्छन्।

Garima Development Bank
Shivam Cement
IME remit

भियतजेटको व्यापक नेटवर्कको साथ, भारतीय यात्रुहरूले भियतनाम हुँदै बाली, जकार्ता, बेइजिङ, सांघाई, ग्वाङ्झाउ वा अष्ट्रेलिया, जापान र दक्षिण कोरियाका प्रमुख सहरहरूमा सस्तो यात्राको आनन्द लिन सक्ने जनाइएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.