बिहीबार, असार १२,२०८२ 01:33:11
  • बिहीबार, असार १२,२०८२ 01:33:11
Global IME Bank Limited

विदेश जाने टिकट मात्र रु ११ मा , कुन एयरलाइन्सले ल्याया यस्तो अफर ?

Hyundai Nepal
विदेश जाने टिकट मात्र रु ११ मा , कुन एयरलाइन्सले ल्याया यस्तो अफर ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय हवाई यात्राको न्यूनतम भाडा कतिसम्म होला ? यो प्रश्न देख्दा पक्कै पनि जो कोहीको दिमागमा हजार वा लाख आउँछ होला । तर मात्रै ११ भारुमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ भन्दा भने जो कोहिलाई विश्वास नलाग्न सक्छ ।  

हो, यस्तै अविश्वसनिय अफर भियतनामको एयरलाइन्स कम्पनी भियतजेटले भारतीय यात्रुहरूका लागि घोषणा गरेको छ। कम्पनीले यो अफर सीमित समयका लागि उपलब्ध गराउने जनाएको छ ।  

भियतनामी एयरलाइन्सले भारत र भियतनामबीचको सबै सीधा उडानहरूमा इकोनोमी क्लासको एकतर्फी भाडा मात्र ११ भारु (कर र शुल्कहरू बाहेक) बाट सुरु हुने जनाएको छ । यस अफर अन्तर्गत बुकिङहरू सुरु भइसकेका छन् र जुन ३, २०२५ सम्म प्राप्त गर्न सकिन्छ। अफरमा रहेका टिकटहरू भियतजेटको आधिकारिक वेबसाइट र मोबाइल एप मार्फत बुक गर्न सकिने व्यवस्था गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एयरलाइन्सका अनुसार यी प्रमोशनल टिकटहरू सार्वजनिक बिदा र पिक ट्राभल पिरियड बाहेक जुलाई १, २०२५ देखि मार्च २८, २०२६ सम्मको यात्राका लागि मान्य हुनेछन्।  

भियतजेटले भारत र भियतनाम बीच साप्ताहिक रुपमा ७८ वटा उडानहरू सञ्चालन गरिरहेको छ। यी उडानहरूले भारतको नयाँ दिल्ली, मुम्बई, अहमदाबाद, हैदरावाद, बैंगलोर र कोचीलाई भियतनामका रमणीय गन्तव्यहरू जस्तै हनोई, हो ची मिन्ह सिटी र दा नाङसँग जोड्छन्।

भियतजेटको व्यापक नेटवर्कको साथ, भारतीय यात्रुहरूले भियतनाम हुँदै बाली, जकार्ता, बेइजिङ, सांघाई, ग्वाङ्झाउ वा अष्ट्रेलिया, जापान र दक्षिण कोरियाका प्रमुख सहरहरूमा सस्तो यात्राको आनन्द लिन सक्ने जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.