मंगलवार, असार १७,२०८२ 02:35:06
  • मंगलवार, असार १७,२०८२ 02:35:06
Global IME Bank Limited

नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने

Hyundai Nepal
नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा यही जेठ २४ गते वरिष्ठ न्यूरोसर्जनको टिमद्वारा निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।  

अस्पतालले सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झाको नेतृत्वमा निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो ।  जसमा सिनियर कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जनहरु डा. नम्रता खड्का र डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिनेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited

निःशुल्क ओपीडी दिउँसो २ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।  

सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिक अस्पतालले विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपीडी र परामर्श सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.