शनिबार, श्रावण २,२०८३ 09:31:54
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:31:54
Bizshala
Global IME Bank Limited

हेलिकोप्टरमार्फत् उद्धार गरेर यसरी बचायो नर्भिकले जनकपुरकी महिलालाई

हेलिकोप्टरमार्फत् उद्धार गरेर यसरी बचायो नर्भिकले जनकपुरकी महिलालाई
New Office

काठमाण्डौ । जनकपुरकी एक ७० वर्षीया महिलालाई हृदयाघात भएको जानकारी आएपछि नर्भिक अस्पतालले हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरी सफल उपचार गरेको छ।  

इमर्जेन्सी विभाग प्रमुख डा. रीजु वैद्यको नेतृत्वमा प्यारामेडिक्सहरु अरविन्दकुमार शाह र दिनेश राईसहितको टोली जनकपुर पुगी महिलालाई आइतबार साँझ अस्पताल ल्याएर उपचार गरिएको हो ।  

छाती दुख्ने र चक्कर आउने समस्या भएपछि ती महिलालाई जनकपुरस्थित जानकी हेल्थ केयरको आइसीयूमा पुर्याइएकोे थियो । टोली जनकपुर पुग्दा महिलामा कम्प्लिट हार्ट ब्लक भएको र मुटुको चाल २५ भन्दा कम भएको अवस्था भएको अस्पतालले जनाएको छ।  

जनकपुरमा आवश्यक उपचारपछि नर्भिकको टोलीले तत्काल महिलालाई लिएर काठमाण्डौ उड्ने क्रममा कम्प्लिट हार्ट ब्लक भएपछि टोलीले सीपीआरसहितका आवश्यक उपचार उडान अवधिमै गरेको थियो । अस्पतालमा ल्याइ पुर्याउदा इमर्जेन्सी तथा कार्डियोलोजी विभागको टिम तयारी अवस्थामा थियो । त्यसपछि तत्काल डा. नमिता अधिकारी र डा. रोशन शर्मासहितको टोलीले महिलालाई इन्ट्युबेसन गरेर भेन्टिलेटरमा राखिएको थियो भने त्यसपछि प्रा. डा. यादव भट्ट नेतृत्वको टोलीले अस्थायी पेसमेकर राख्यो । त्यसपछि महिलालाई सीसीयुमा राखेर डा। प्रदीप तिवारी र डा रोमन कार्कीसहितको टिमले उपचार गरेको थियो।  

बिरामीलाई सोमबार नै भेन्टिलेटरबाट निकाल्नुका साथै पेसमेकर पनि हटाइएको र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.