शनिबार, श्रावण २,२०८३ 01:27:24
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 01:27:24
Bizshala
Global IME Bank Limited

सूर्यज्योति लाइफद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिलाई कटाई मेशिन तथा सामाग्री वितरण

सूर्यज्योति लाइफद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिलाई कटाई मेशिन तथा सामाग्री वितरण
New Office

काठमाण्डौ । सूर्यज्योति लाइफलले सिलाई कटाई मेशिन तथा सामाग्री वितरण गरेको छ । कम्पनीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम सञ्चालन गर्ने उद्दश्यले १० थान सिलाई मेशिन तथा सोसँग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको हो । 

उक्त संस्थाले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनिकरण, अनुकुलन सम्बन्ध गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरुसहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्नोमा विश्वस्त रहेको बताए । साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्षमहतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीपमा विकास गरी उनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै तालिमको आयोजना गरिएको र यसमा कम्पनीले साथ दिएकोमा आभार व्यक्त गरेका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.