काठमाण्डौ । आज बिहान भोटेकोसी नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली ६ चिनियाँ नागरिक र ३ प्रहरी रहेका छन् ।
बाढीमा फसेका ९ जनाको भने उद्धार गरिएको छ । अन्यको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो । यसका साथै बाढीले रसुवागढी सुख्खा बन्दरगाहमा समेत क्षति पुगेको छ ।
बाढीका कारण बन्दरगाहमा जाँचपासका लागि राखिएका ईभी गाडीहरु बगाएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुगेको छ ।
भोटेकोसीमा सोमबारदेखि नै सानो बाढी आएपनि आज बिहान एक्कासी ठूलो बाढी आउदा ठूलो क्षति पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।