मंगलवार, बैशाख २२,२०८३ 02:31:12
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 02:31:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देवदहमा क्लोथ बैंक सञ्चालनमा

Bizshala
देवदहमा क्लोथ बैंक सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बीच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा  बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए ।  क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना र देवदह नगरपालिकाको  सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सोही अवसरमा बोल्दै उपप्रमुख गुरुङले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस नगरपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरेकी थिइन् । त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कार्यक्रममा बोल्दै प्रयोगमा नआएका कपडा जति पनि प्राप्त हुन्छन, ती कपडाहरुलाइ पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय रहेको बताए । कार्यक्रममा नगर प्रवक्ता एवं वार्ड नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद सापकोटा, वडा ९ का वडा अध्यक्ष मोहन जिसी लगायतको उपस्थिति रहेको थियो ।

फागुन ०५ गते लुम्बिनी प्रदेशको  बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ  भइ हालसम्म काठमाडौंको टोखा नगरपालिका र रुपन्देहीको कन्चन गाउपालिकामा पनि  कपडा बैंकको औपचारिक  सुभारम्भ भैसकेको छ साथै  देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.