शुक्रबार, असार १३,२०८२ 01:06:43
  • शुक्रबार, असार १३,२०८२ 01:06:43
Global IME Bank Limited

ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था

Hyundai Nepal
ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफामा व्यापक वृद्धि भएको छ ।  

बैंकले आज जारी गरेको चालु आवको दोस्रो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ३४५.४१ प्रतिशतले बढेको हो । समिक्षा अवधिसम्म बैंकले १ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा २८ लाख २९ हजार रुपैयाँमा समिति थियो ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको वितरणयोग्य मुनाफा भने १ लाख १३ हजार रुपैयाँ मात्रै छ । बैंकको इम्पेयरमेन्ट चार्ज समेत घटेको छ । अघिल्लो आवसम्म ४ करोड १४ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २४ करोड ५९ लाख रुपैयाँमा सीमित रहेको बैंकको खुद ब्याज आम्दानी बढेर २८ करोड १३ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको प्रतिसेयर आम्दानी ४.८६ रुपैयाँ रहेको छ । जुन गत आवको समिक्षा अवधिसम्म १.०९ रुपैयाँ  थियो । दोस्रो त्रैमासम्म बैंकको कर्जा निक्षेप अनुपात बढेर ८३.५३ प्रतिशत पुगेको छ । जुन गत आवमा ८३.५१ प्रतिशत थियो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.