शनिबार, श्रावण ३०,२०८३ 06:30:17
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 06:30:17
Bizshala
Global IME Bank Limited

नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने ‘इन्डोब्रोङकियल अल्ट्रासाउन्ड’ सेवा सुरु

Prabhu Bank Limited
नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने ‘इन्डोब्रोङकियल अल्ट्रासाउन्ड’ सेवा सुरु
New Office

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता  लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको हो ।

यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ । यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए नभएको पत्ता लगाइन्छ । साथै, फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि ‘इबस’ बाट पत्ता लगाइन्छ ।  

CG Motors

यसअघि यस्तो परीक्षण सरकारी स्तरमा वीर अस्पताल तथा बिपी कोइराला मेमोरियल अस्पताल धरानमा मात्र उपलब्ध भएकोमा निजी क्षेत्रमा नर्भिकले पहिलो पटक सुरु गरेको हो ।

‘अब फोक्सोको समस्या पत्ता लगाउन सहज भएको छ,’ डा. आचार्यले भने ‘ यसैका लागि भारत धाउनुपर्ने अवस्था रहने छैन ।’ ‘इबस’ ब्रोङकोस्कोपी भन्दा अत्याधुनिक तरिकाले परीक्षण गर्ने विधि रहेको डा। आचार्यले बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.