बिहीबार, श्रावण १४,२०८३ 05:47:59
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 05:47:59
Bizshala
Global IME Bank Limited

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलको आग्रह

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलको आग्रह
New Office

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले एनआईसी एशिया क्यापिटल, क्यापिटलको अनलाइन,शाखा कार्यालयहरु, तथा एनआईसी एशिया बैंकको शाखा कार्यालयमार्फत हितग्रही खाता खोलेका खातावालाहरुलाई साउन १५ गतेभित्र वार्षिक शुल्क भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको हो ।  

उक्त मितिभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।  

खातावालाहरुले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क प्रतिखाता १०० र मेरोसेयरको ५० रुपैयाँ तिर्नु पर्नेछ ।  

खातावालाहरुले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु वा एनआईसी एशिया क्यापिटलको नाममा रहेको एनआईसी एशिया बैंकको खाता वा ई–सेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका अनलाइन माध्यमबाट समेत भुक्तानी गर्न सक्नेछन् ।  

यस्तै क्यापिटलले ग्राहक पहिचान(केवाईसी)अद्यावधिक गर्न समेत आग्रह गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.