शुक्रबार, असार १२,२०८३ 05:19:57
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:19:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बंगलादेशदेखि काठमाण्डौसम्मको उपचार यात्रा : मुस्तफाको सफलता कथा

Laxmi Sunrise Bank Limited
बंगलादेशदेखि काठमाण्डौसम्मको उपचार यात्रा : मुस्तफाको सफलता कथा

काठमाण्डौ । बंगलादेशका मुस्तफालाई लामो समयदेखि ढाड दु्ख्ने समस्या थियो । स्वदेशकै अस्पतालमा नाम चलेका डाक्टरसँग उपचार गराउँदा पनि निको नभएपछि छिमेकी मुलुक भारतको कोलकातासम्म पुगे । तै पनि समस्या उस्तै भएपछि झोला बोकेर सिधै काठमाण्डौको टिकट बाटे ।  

उनी आएको दिन होटलमा बसे । उनलाई विश्वास थियो–नेपालको उपचारले निको हुन्छु । भोलिपल्ट बिहान होटलबाट चेक आउट गरेर ब्यागसहित सिधै नर्भिक पुगेर ओपीडीमा नाम दर्ता गराए ।  

नेपाली, हिन्दी र अंग्रेजी केही पनि नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो । कुरा गर्दै जाँदा थाहा भयो, उनी बंगलादेशबाट डा राजीवसँगै उपचार गराउन नर्भिक आएका रहेछन् । उनले उपचार गराउने क्रममा आफूले अस्पताल चहारेको सबै कथा सुनाए ।  

New Office
CG Motors
Garima Development Bank

डा झाले परीक्षणबाट थाहा पाए–उनी क्रोनिक ब्याक पेन अर्थात् ढाड दुख्ने समस्याबाट पीडित रहेछन् । एमआरआइमा पनि नसा च्यापिएको देखियो। त्यसपछि डा झाले उपचार सुरु गरे–फिजियोथेरापी गराए र ट्रान्सफोरामिनल ब्लक इन्जेक्सन लगाए । उपचार गर्दै जाँदा उनको दुखाई पूर्ण रुपमा हरायो । अहिले उनी डिस्चार्ज भइसके ।  

मुस्तफाले पनि नर्भिकमा उपचारपछि लामो समयदेखिको पीडाबाट मुक्त भएकोमा  खुसी व्यक्त गरे। ‘उपचारपछि पीडामु्क्त हुँदा उहाँ निकै खुसी देखिनु भएको थियो,’ डा झाले भने, ‘विशेषगरी दक्ष चिकित्सक, प्रविधिलगायतका कारण नेपालको स्वास्थ्य सेवाप्रति दक्षिणपूर्वी एशिया क्षेत्रकै नागरिकको विश्वसनीयता बढ्दै गएको छ ।’

विशेषगरी भारतबाट उपचारकै लागि नेपालका अस्पतालमा उपचार गराउन आउनेको संख्या पनि बढिरहेको छ । ‘अझ नेपालसँग सीमा जोडिएका भारतीय गाउँ–गाउँबाट गाडी नै रिजर्भ गरेर समूहमा आउने र उपचार गरेर फर्कने क्रम बढिरहेको छ,’ डा झाले भने ।  

डा. झाले दक्ष चिकित्सक तथा अत्याधुनिक विश्वस्तरीय प्रविधिका कारण नेपाल पनि भारतजस्तै मेडिकल हबको रुपमा विकास हुने दिशातिर गइरहेको बताए ।  

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार नर्भिकबाट बंगलादेशमात्र होइन,  सातवटै महादेशका ३० देशका नागरिकले उपचार सेवा लिइसकेका छन् र विश्वका विभिन्न मुलुकबाट नर्भिकमा उपचार गराउन आउने क्रम जारी छ । ‘हामी नर्भिक अस्पताललाई अझै विश्वसनीय र  गुणस्तरीय बनाउने दिशामा अघि बढिरहेका छौं,’ उनले भने, ‘हाम्रा जनशक्ति तथा प्रविधि विश्वस्तरीय उपचार गराउन सक्षम पनि छन् ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.