काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि खुला भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला भएको हो ।
जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाई निष्कासन गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा भदौ २ गते र ढिलोमा भदौ १२ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले यो योजनाको निष्कासनका लागि गत असार ३ गते अनुमति दिएको थियो ।