काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धि विशष प्रस्ताव राख्दै पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले भदौ २० गते शुक्रबार रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बस्नेगरी पाँचौ सभा डाकेको हो ।
कम्पनीले सभामा पूँजी वृद्धि तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने र हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव राखेको छ ।
यसका साथै आव २०८१–८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र सोही आवको लेखापरिक्षण परिक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव राखेको छ ।