काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको नाफामा ५९९.१९ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ६० करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३६६.९८ प्रतिशतले बढी हो ।
कम्पनीको खर्च भने ३१.२२ प्रतिशतले घटेको छ । चौथो त्रैमाससम्म कम्पनीले २ करोड ५३ लाख रुपैयाँ जम्मा खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित नाफा ९६ करोड ४४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ४८ करोड २७ लाख रहेको थियो । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ३७ करोड ७४ लाख र १६ करोड ८७ लाख जम्मा चालु दायित्व रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५५.४५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १९३.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९४.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.६४ गुणा रहेको छ ।