बिहीबार, असार १८,२०८३ 09:19:33
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:19:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकै सबैभन्दा ठूलो हिरा उत्पादक देशमा स्वास्थ्य आपतकाल घोषणा

Laxmi Sunrise Bank Limited
विश्वकै सबैभन्दा ठूलो हिरा उत्पादक देशमा स्वास्थ्य आपतकाल घोषणा

काठमाण्डौ । दक्षिण अफ्रिकी देश बोत्सवानाले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। अत्यावश्यक औषधि र चिकित्सा उपकरणको अभावको सामना गरिरहेको अवस्थामा यो देशले स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

राष्ट्रपति डुमा बोकोले सोमबार टेलिभिजन सम्बोधनमा उक्त घोषणा गरेका हुन्। उनले आपूर्ति शृङ्खलालाई सुव्यवस्थित गर्न सेनाको अनुगमनसँग सम्बन्धित योजना प्रस्तुत गरे, जसमा करोडौं पाउन्ड खर्च हुने जनाइएको छ।

New Office
CG Motors
Garima Development Bank

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारसँग पैसाको अभाव भएको बताए । जसका कारण औषधि र चिकित्सा सेवा कठिन अवस्थामा पुगेको बताइएको छ । विश्वकै सबैभन्दा ठूलो हीरा उत्पादक मुलुक भएकाले अन्तर्राष्ट्रिय हीरा बजारमा आएको गिरावटले देशको अर्थतन्त्रमा नराम्रो असर परेको छ ।

मिडिया रिपोर्टका अनुसार यसका कारण बोत्स्वानाको २५ लाख जनसंख्याको ठूलो हिस्सा बेरोजगारी र गरिबीसँग संघर्ष गरिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.