काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको सञ्चालकमा संगिता रौनियार नियुक्त भएकी छन् । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रौनियारलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको हो ।
यस्तै बैठकले यस अघिका सञ्चालक रमेश प्रसाद नेपालको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।