सोमबार, भाद्र २३,२०८२ 07:47:13
  • सोमबार, भाद्र २३,२०८२ 07:47:13
Global IME Bank Limited

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

Hyundai Nepal
शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । जहाँ हाम्रो जिवनमा हुने एक एक सेकेण्ड समयको महत्वलाई दर्साउन दुई साथीबीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगि सकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारीत समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समय संग जोडेर ‘समयको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश देखाईएको छ ।

यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्य निष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रोमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यैस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापनमात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको उल्लेख गरेको छ ।  

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रि गर्दै आएको जनाएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.