काठममाण्डौ । अरनिको राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र साँगामा ढुंगा र लेदोसहितको पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।
शनिबारदेखि निरन्तर परेको वर्षाका कारण उक्त क्षेत्रमा लेदो सहितको पहिरो खसेको हो । जसका कारण दुईतर्फी रुपमा सवारी आवगमन अवरुद्ध भएको छ । मुख्य सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको छ ।
प्रहरीका अनुसार उक्त सडकखण्डमा पहिरो पन्छाउने कार्य भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।