शनिबार, श्रावण १६,२०८३ 09:06:00
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 09:06:00
Bizshala
Global IME Bank Limited

जुकरबर्गले एक वर्षमा कमाएको भन्दा धेरै एक दिनमै गुमाए, सेयरबजारमा गिरावट आउदा धनाढ्यको सूचीमा हलचल

जुकरबर्गले एक वर्षमा कमाएको भन्दा धेरै एक दिनमै गुमाए, सेयरबजारमा गिरावट आउदा धनाढ्यको सूचीमा हलचल
New Office

काठमाण्डौ । बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएको छ । यसले विश्वका शीर्ष १० धनी व्यक्तिमध्ये १७ जनाको नेटवर्थमा गिरावट आएको छ। मार्क जुकरबर्गको सम्पत्ति सबैभन्दा धेरै घटेको छ। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मको सेयर बिहीबार ११ प्रतिशतभन्दा बढीले घटेको छ ।

जसका कारण कम्पनीका सीईओ जुकरबर्गको नेटवर्थ २९.२ बिलियन डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले २३५ अर्ब डलरमा सीमित बनेको छ र उनी धनीहरुको सूचीमा तेस्रोबाट पाँचौं स्थानमा झरेका छन् । यो वर्ष उनको कुल सम्पत्ति २८ अर्ब डलरले बढेको छ ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बिहीबार विश्वका धनी व्यक्ति एलन मस्कले १५.३ बिलियन डलर गुमाए र उनको कुल सम्पत्ति ४५७ बिलियन डलरमा झरेको छ । ओरेकलका संस्थापक ल्यारी एलिसनले १९.८ बिलियन डलर घाटा व्यहोरेका छन् र ३१७ बिलियन डलरको साथ धनाढ्यको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।  

जेफ बेजोसले ६.६ बिलियन डलर गुमाए तर ल्यारी पेजले ५.३१ बिलियन डलर कमाए र धनीहरुको सूचीमा चौथो स्थानमा पुगेका छन् । पेजको कुल सम्पत्ति २४४ बिलियन डलर पुगेको छ र उनी बेजोस (२४६ बिलियन डलर) भन्दा पछि छन्।

यस सूचीमा छैटौंमा सर्गेई ब्रिन (२२८ अर्ब डलर), सातौंमा बर्नार्ड अर्नाल्ट (१९४ अर्ब डलर), आठौंमा स्टिभ बाल्मर (१८१ अर्ब डलर), नवौंमा जेन्सेन ह्वाङ (१७६ अर्ब डलर) र दशौंमा माइकल डेल (१६५ अर्ब डलर) छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.