काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफामा उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीले ािर्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४०.१५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ४ करोड ६४ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ७२ लाख कमाएको थियो ।
यस्तै कम्पनीले १४ लाख ५७ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको कर्मचारी खर्च १४ लाख १९ हजार, प्रशासनिक खर्च २५ लाख १६ हजार र १ करोड ३८ लाख रुपैयाँ वित्त खर्च रहेको छ ।
यस्तै कम्पनीको रिटेन्ड अर्निङ २७ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ५८ लाख र कुल चालु दायित्व ६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६६.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५६.९३ गुणा र तरलता अनुपात ०.९७ प्रतिशत कायम भएको छ ।

