काठमाण्डौ । साहस उर्जा कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ४९ करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.६५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि ६.६३ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ९२ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ६ लाख ९१ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च १ करोड ८३ लाख रुपैयाँबाट बढेर २ करोड ३१ लाख पुगेको छ । कम्पनीको वित्त खर्च भने २३ करोड ४० लाखबाट घटेर १६ करोड ७९ लाख पुगेको छ ।
यस्तै कम्पनीले १ करोड २ लाख रुपैयाँ स्टाफ बोनसको रुपमा खर्च गरेको छ । अघिल्लो आवमा भने यस्तो खर्च ८२ लाख ३५ हजार थियो । कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम २ अर्ब ९६ करोड थियो ।
३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १० करोड र कुल चालु दायित्व १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५२.३७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७५.८४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १९६.८९ रुपैयाँ र तरलता अनुपात ०.६८ प्रतिशत रहेको छ ।

