बुधबार, आश्विन २८,२०८३ 11:42:01
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 11:42:01
Bizshala
Global IME Bank Limited

एकै आवमा दुईपटक तलब बढेपछि नर्भिकका नर्स र पारामेडिक्स उत्साहित

Bizshala
एकै आवमा दुईपटक तलब बढेपछि नर्भिकका नर्स र पारामेडिक्स उत्साहित
New Office

काठमाण्डौ । एकै आर्थिक वर्षमा दुई पटक तलब बढेपछि नर्भिक इन्टरनेशनल हस्पिटलका नर्सिङ तथा पारामेडिकल कर्मचारी उत्साहित भएका छन् । नर्भिकले स्नातक तह उत्तिर्ण गरेका नर्सिङ तथा पारामेडिकल कर्मचारीको तलब गत साउन र कात्तिकमा गरी दुई पटक वृद्धि गरेको हो ।  

अस्पतालकी नर्सिङ म्यानेजर सगुन भण्डारीले तलब बढ्दा खुसी लागेको  बताइन् । उनका अनुसार नेपालका अन्य निजी अस्पतालको भन्दा नर्भिकमा नर्सहरूको तलब बढी छ । ‘तलब बढ्दा धेरै खुसी लागेको छ,’ उनले भनिन् , ‘वर्षमा दुई पटक तलब बढ्दा काम गर्ने मनोबल पनि बढेको छ ।’

अस्पतालमा साढे २ वर्षदेखि कार्यरत स्टाफ नर्स तुलसी गिरी जागिर छाड्ने तरखरमा थिइन् । तर अस्पतालले दुई पटक तलब बढाइदिएपछि उनीअहिले नर्भिकमै काम गरिरहेकी छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

‘सम्झौता अनुसार कम्तिमा २ वर्ष काम गर्नुपर्ने हुन्थ्यो, मैले काम गरेको साढे २ वर्ष हुन लाग्यो । अब काम छोडेर थप अध्ययनको तयारीमा लाग्छु भन्ने सोचेको थिएँ,’ उनी भन्छिन्, ‘लगातार दुईपटक तलब बढ्यो, आफैंले काम गरिरहेको ठाउँमा अरु ठाउँमा भन्दा राम्रो भएपछि किन जानु भनेर म यहीँ काम गरिरहेकी छु ।’

अस्पतालकी नर्सिङ इन्चार्ज सरिता श्रेष्ठका अनुसार तलब बढेसँगै नर्सिङ तथा पारामेडिकल कर्मचारीले जागिर छोड्ने क्रम पनि घटेको छ । ‘एकै वर्षमा दुई पटक तलब बढेपछि हाम्रा नर्सिङ कर्मचारी धेरै खुसी हुनुभएको छ,’ नर्सिङ इन्चार्ज श्रेष्ठले भनिन्, ‘जागिर छोड्न लागेका नर्सिङ स्टाफले पनि अब नछोड्ने भन्नुभएको छ ।’

उनका अनुसार गत साउनअघि नर्भिकका स्नातक तह पुरा गरेका बीएस्सी र बीएन नर्स तथा पारामेडिकल कर्मचारीको न्यूनतम तलब २५ हजार  थियो । अस्पतालले साउनदेखि लागू हुनेगरि तलब बढाउने निर्णय गर्‍यो, जसअनुसार उनीहरुको न्यूनतम तलब ३० हजार कायम गरिएको थियो ।  

देशभर तलबकै विषयलाई लिएर आन्दोलन भएपछि अस्पतालले नर्स तथा पारामेडिकल कर्मचारीहरूको तलब पुनः बढाउने निर्णय गर्‍यो । कात्तिकमा नर्स तथा पारामेडिकल कर्मचारीको तलब पुनः बढाउँदै न्यूनतम ३७ हजार पुर्‍याइएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

नर्सिङ इञ्चार्ज श्रेष्ठ पनि नर्भिकमा देशभरकै निजी अस्पतालमध्ये सबैभन्दा धेरै तलब नर्भिकका नर्सिङ तथा पारामेडिकल कर्मचारीले पाउने गरेको बताउछिन् । तलब बढेसँगै नर्सिङ कर्मचारीको कार्यक्षमतामा पनि वृद्धि भएको उनको भनाइ छ ।  

‘तलब बढेकोमा म र हाम्रा सबै नर्सिङ कर्मचारी खुसी भएका छौं,’ उनले भनिन् ।  नर्भिकले रात्रिकालीन, बिदाको दिन र ओभरटाइम ड्युटीमा खटिनेहरूलाई थप अतिरिक्त भत्ता पनि दिने गरेको नर्सिङ इञ्चार्ज श्रेष्ठले बताउनुभयो ।  यस्तै वार्षिक दुई पटक बोनससमेत दिने गरेको उनको भनाइ छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार देशभर तलबकै विषयलाई लिएर नर्सको आन्दोलन भइरहँदा नर्भिक अस्पतालले तलब बढाएपछि नर्स तथा पारामेडिकल कर्मचारी खुसीसाथ सेवामा खटिएका छन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.