काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको अध्यक्षमा सञ्चालक देवीमाया न्यौपाने नियुक्त भएकी छन् । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका अध्यक्ष अनिल कुमार रुङ्गटाले राजीनामा दिएका थिए । रुङ्गटाले कार्यव्यवस्तताका कारण अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुनेगरी स्वीकृत समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।