काठमाण्डौ । प्रभु बैंकका सीईओ अशोक शेरचन सहित तीनजनालाई पाँच दिन ५ दिन म्याद थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ५ दिन म्याद थप गरी अनुसन्धान गर्न म्याद थप गरेको हो ।
तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत मंसिर १४ गते बैंकिङ कसुरमा बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट पक्राउ गरेको थियो । मंसिर १५ गते पनि शेरचनसहित तीन जनालाई पाँच दिर्न ५ दिन म्याद थप गरिएको थियो ।

