काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ ।
नर्भिकले अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुट सञ्चालनमा ल्याएको हो । नर्भिकले लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुट दिने जनाएको छ ।
यस्तै, हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने अस्पतालले जनाएको छ ।
यो अफर आज २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ । छुट अफरको सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

