काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी खुद ब्याज आम्दानीसँगै नाफामा सुधार आएको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्ममा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ७० लाखबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १३.८१ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने ५ करोड ९९ लाख रुपैयाँबाट बढेर ५ करोड ८७ लाखमा सीमित बनेको छ ।
यस्तै कम्पनीको सञ्चालन नाफा १८ करोड १९ लाखबाट बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङको आकार ३४.१५ प्रतिशतले घटेर २३ करोड ५६ लाखमा सीमित बनेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७३ करोड ५४ लाख रहको रिजर्भको आकार बढेर ७८ करोड २० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा बढेको छ । वितरणयोग्य मुनाफा ५६.०९ प्रतिशतले बढेर २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ३.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.६४ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२०.०३ रुपैयाँ , पीई अनुपात ३९.८९ गुणा ,प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ र तरलता अनुपात २३.५२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।