बिहीबार, आश्विन १,२०८३ 09:01:42
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:01:42
Bizshala
Global IME Bank Limited

चैत १५ गतेदेखि एसईई परीक्षा, ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुँदै (तालिकासहित)

चैत १५ गतेदेखि एसईई  परीक्षा, ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुँदै (तालिकासहित)
New Office

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते बिहीबारदेखि सञ्चालन गर्ने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

Shivam Cement
Bizshala
CG Motors

उक्त परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुने छन् । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।  

बोर्डका अनुुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने तालिकामा उल्लेख छ ।यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन् । 

साथै यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्नेछन् ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

विसं २०७६ देखि विद्यालय तह कक्षा १–१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि नयाँ ग्रेडिङ प्रणाली लागू छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.