शनिबार, असार १४,२०८२ 10:53:22
  • शनिबार, असार १४,२०८२ 10:53:22
Global IME Bank Limited

चैत १५ गतेदेखि एसईई परीक्षा, ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुँदै (तालिकासहित)

Hyundai Nepal
चैत १५ गतेदेखि एसईई  परीक्षा, ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुँदै (तालिकासहित)
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते बिहीबारदेखि सञ्चालन गर्ने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुने छन् । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।  

बोर्डका अनुुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने तालिकामा उल्लेख छ ।यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन् । 

साथै यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्नेछन् ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

विसं २०७६ देखि विद्यालय तह कक्षा १–१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि नयाँ ग्रेडिङ प्रणाली लागू छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.