शुक्रबार, असार १२,२०८३ 05:07:49
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:07:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा पहिलो लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७%इक्विटी साझेदारी

Laxmi Sunrise Bank Limited
टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा पहिलो लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७%इक्विटी साझेदारी

काठमाण्डौ । निजी इक्विटी तथा भेन्चर क्यापिटल कम्पनी टिम भेन्चर्सले हस्पिटालिटी क्षेत्रमा पहिलो पटक लगानी गरेको छ । कम्पनीले होटल गरिमा लिमिटेडमार्फत सञ्चालित सोल्टी वेष्टएन्ड इटहरीमा आफ्ना सहायक संस्थासहित २७ प्रतिशत इक्विटी हिस्सेदारी लिएको हो ।

पूर्वी नेपालको उदाउँदो व्यावसायिक तथा ट्रान्जिट केन्द्र इटहरीमा अवस्थित सोल्टी वेष्ट एन्ड इटहरी पाँचतारे स्तरको होटल हो । होटल नेपालकै पहिलो अन्तर्राष्ट्रिय होटल चेनका रूपमा परिचित सोल्टी होटल्स एन्ड रिसोर्ट्स ब्रान्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।

टिम भेन्चर्सका अध्यक्ष केशाङ शेर्पाका अनुसार यस लगानीले होटलको आगामी विकास चरणलाई समर्थन गर्नेछ। यस लगानीमार्फत विस्तार योजनालाई अघि बढाउने, कर्पोरेट सुशासन सुदृढ गर्ने तथा संस्थागत क्षमतामा सुधार गर्ने हाम्रो उद्देश्य छ, उनले बताए ।

उनका अनुसार ट भेन्चर्सको बोर्ड तथा नेतृत्व तहमा नेपाल तथा क्षेत्रीय स्तरमा अन्तर्राष्ट्रिय होटल चेन सञ्चालन र बोर्ड अनुभव भएका व्यक्तिहरू संलग्न छन्, जसले यस साझेदारीलाई थप मजबुत बनाउनेछ।

New Office
CG Motors
Garima Development Bank

टिम भेन्चर्सका निर्देशक दोर्जे ग्याल्त्सेन लामाले पर्यटन क्षेत्रको आर्थिक महत्वलाई दृष्टिगत गर्दै आतिथ्य क्षेत्रमा अवसर खोजिंदै आएको बताए ।

‘सोल्टी वेष्ट एन्ड इटहरीमा सशक्त ब्रान्ड, अनुभवी अपरेटर र स्पष्ट वृद्धि सम्भावना देखिन्छ’ उनले भने, ‘कम्पनीले विस्तार र संस्थागत सुदृढीकरणको क्रममा प्रवेश गर्दा हामी दीर्घकालीन साझेदारका रूपमा साथ दिन उत्साहित छौं।’

त्यसैगरी टिम भेन्चर्सका निर्देशक बिजयबहादुर श्रेष्ठले इक्विटी साझेदारको भूमिका पूँजी प्रदानमै सीमित नहुने स्पष्ट पारे।

‘हाम्रो ध्यान सुशासन बलियो बनाउने, संगठनात्मक क्षमता विकास गर्ने र व्यवस्थापनसँग नजिकबाट सहकार्य गर्दै दीर्घकालीन तथा व्यावसायिक वृद्धि सुनिश्चित गर्नेमा रहनेछ,झ् उनले भने ।

सोल्टी वेष्टएन्ड इटहरीका प्रबन्ध निर्देशक बिनोद पौडेलले टिम भेन्चर्सलाई इक्विटी साझेदारका रूपमा स्वागत गर्दै यो साझेदारीले होटलको विस्तार योजनामा टेवा पुऱ्याउने विश्वास व्यक्त गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘संस्थागत पूँजी र अनुभवको संयोजनले हाम्रो दीर्घकालीन वृद्धिलाई बल पुग्ने अपेक्षा गरेका छौं, उनले भने ।

२०१६ मा स्थापना भएको टिम भेन्चर्स नेपालका अग्रणी वैकल्पिक लगानी कम्पनीहरूमध्ये एक हो। कम्पनीले स्वच्छ ऊर्जा, कृषि, उत्पादन, प्रविधि तथा मिडियाजस्ता विभिन्न क्षेत्रमा वृद्धि(केन्द्रित व्यवसायमा लगानी गर्दै आएको छ ।

होटल गरिमा लिमिटेडको स्वामित्वमा रहेको तथा सोल्टी होटल एण्ड रिसोर्ट समूहद्वारा सञ्चालित सोल्टी वेष्टएन्ड इटहरी ८२ कोठायुक्त होटल हो । होटलले व्यवसायिक तथा अवकाश दुवै किसिमका पाहुनालाई लक्षित गर्दै खाद्य तथा पेय सेवा, मिटिङ तथा इभेन्ट पूर्वाधार र वेलनेस सुविधाहरू प्रदान गर्दै आएको छ । हाल होटल अन्तिम चरणको पाँचतारे वर्गीकरण प्रक्रियामा रहेको र पूर्वी नेपालको प्रमुख आतिथ्य प्लेटफर्मका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.