शनिबार, श्रावण २,२०८३ 09:23:59
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:23:59
Bizshala
Global IME Bank Limited

मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार

मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार
New Office

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी  प्रविधि’ मार्फत् सफल उपचार गरिएको छ ।

कार्डियोलोजी विभाग प्रमुख डा यादव भट्ट नेतृत्वको टोलीले क्याल्सियम जमेर मुटुको नसा अवरुद्ध भएका बिरामीको अर्बिटल एथेरेक्टोमी  प्रविधिमार्फत् सफल उपचार गरिएको हो ।

डा भट्टका अनुसार छाती दुख्ने समस्या लिएर मंगलबार ओपीडीमा आएका बिरामीको मुटुमा ९९ प्रतिशत ब्लकेज भएको पाइएको थियो । परीक्षणको क्रममा मुटुका नसामा क्याल्सियम धेरै जमेको देखिएको थियो । यस्तो अवस्थामा सामान्य एन्जियोप्लास्टी गर्न सम्भव थिएन । समयमै क्याल्सियम निकाली एन्जियोप्लास्टी नगरेको अवस्थामा बिरामीमा हृदयघात हुने जोखिम हुन्थ्यो ।

डा भट्ट नेतृत्वको टोलीले बुधबार नर्भिकको क्याथल्याबमा क्याल्सियम निकाली एन्जियोप्लास्टी गरेको हो । बिरामीको मुटुको नसामा जमेर बसेको क्याल्सियमलाई तासेर निकालिएको थियो । त्यसपछि स्टेन्ट राखिएको थियो । यो प्रक्रियालाई चिकित्सकीय भाषामा ‘अर्बिटल एथेरेक्टोमी प्रोसिजर’ भनिन्छ । बिरामीको मुटुका नसामा क्याल्सियम जमेको अवस्था दुर्लभ केस भएको र यो उपचार विधि नयाँ भएको उपचारमा संलग्न डाक्टर  यादव भट्टले जानकारी दिए । ‘यो केसमा हामीले अर्बिटल प्रोसिजर गरेको हो, मुटुका नसामा क्याल्सियम धेरै भएको बिरामीको पहिला क्याल्सियमलाई तासेर बल्ल स्टेन्ट राखिएको हो,’ डा भट्टले भने, ‘सायद यो नेपालमा गरिएको पहिलो प्रोसिजर हो ।’

डा भट्टका अनुसार बिरामीको मुटुको नसामा क्याल्सियम जमेको छ भने त्यसलाई बेलुनले  खोल्न र स्टेन्ट राख्न क्याल्सियमले अवरोध गर्छ । नसा खोल्ने प्रक्रियाका लागि क्याल्सियम तास्नुपर्छ ।  यी बिरामीमा सोही प्रक्रिया अनुसार उपचार गरिएको हो ।

उपचारपछि बिरामीको अवस्था स्थीर रहेको छ । र, आइसीयूमा सारिएको थियो । शल्यक्रियामा डा भट्टसँगै डा नग्मा श्रेष्ठ, डा राजीव श्रेष्ठ र डा सन्तोष श्रेष्ठ संलग्न हुनुहुन्थ्यो ।

के हो मुटको नसामा जमेको क्याल्सियम हटाउने प्रक्रिया ?

उपचारमा संलग्न डा भट्टका अनुसार धेरैजसो मधुमेह, मिर्गौला रोग वा उमेर बढी हुँदै गएका बिरामीको मुटुको नसामा क्याल्सियम जम्ने समस्या हुन्छ । केही अवस्थामा भने युवाहरुमा पनि मुटुको नसामा क्याल्सियम जम्ने समस्या हुनसक्छ । मुटुको नसामा धेरै क्याल्सियम जमेको अवस्थाका बिरामीलाई एन्जियोप्लास्टी गर्न अन्य केसमा जस्तो सामान्य तरिकाले सम्भव हुँदैन । क्याल्सियम जमेको अवस्थामा मुटुको नसा बेलुनले खुल्दैन । यस्तो अवस्थामा क्याल्सियमलाई हटाउने प्रक्रियाको उपचार पछि मात्र एन्जियोप्लास्टी गर्न सकिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.