काठमाण्डौ । साहस उर्जा लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २१ प्रतिशत अर्थात ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले सेयरधनीहरुका लागि गत आवका लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

