शुक्रबार, चैत्र ६,२०८२ 08:11:25
Bizshala
  • शुक्रबार, चैत्र ६,२०८२ 08:11:25
Bizshala
Global IME Bank Limited

खराब मौसमको मार: त्रिभुवन विमानस्थलबाट उडान अवरुद्ध, जहाजहरू डाइभर्ट र फर्काइए

Hyundai Nepal
खराब मौसमको मार: त्रिभुवन विमानस्थलबाट उडान अवरुद्ध, जहाजहरू डाइभर्ट र फर्काइए
Shivam Cement

काठमाडौं । देशभर विकसित प्रतिकूल मौसमका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन्। जोखिमपूर्ण मौसम अवस्थाका कारण कतिपय उडान डाइभर्ट गरिएका छन् भने केही जहाजहरू गन्तव्यमा अवतरण गर्न नसकी पुनः फर्काइएका छन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यसै क्रममा काठमाडौं–नयाँ दिल्ली उडानका लागि तयार रहेको नेपाल वायुसेवा निगमको जहाजसमेत धावनमार्गबाट पुनः एप्रोनमा फर्काइएको छ। करिब १४० यात्रु बोकेको उक्त जहाज पौने २ बजे उड्ने तालिका भए पनि खराब मौसमका कारण उडान ढिलाइ भई साँझ करिब ५ बजे उड्ने तयारी गरिएको थियो। तर अन्ततः उड्डयन सुरक्षालाई प्राथमिकता दिँदै जहाजलाई पार्किङ क्षेत्रमा फिर्ता ल्याइएको विमानस्थलले जनाएको छ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार काठमाडौं आउने हवाई रुटमा गर्जन चट्याङसहितको क्युमुलोनिम्बस बादल अत्यधिक सक्रिय रहेकाले उडान जोखिमपूर्ण बनेको छ। यस्ता बादलबाट तीव्र वर्षा, असिना तथा शक्तिशाली हावाहुरी उत्पन्न हुने भएकाले पाइलटहरूले सुरक्षित दूरी कायम गर्नुपर्ने र रुट परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनले बताए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रतिकूल मौसमकै कारण भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको एटीआर विमान जनकपुर फर्किएको छ भने चन्द्रगढीबाट आएको अर्को विमान पनि अवतरण गर्न नसकी पुनः चन्द्रगढी नै फर्किएको छ। त्यस्तै, विराटनगरबाट उडेको बुद्ध एयर र यति एयरलायन्सका विमानहरू पनि गन्तव्यमा अवतरण गर्न नसकी पुनः विराटनगरमै फर्किएका छन्। श्री एयरलाइन्सको धनगढी–काठमाडौं उडान पनि खराब मौसमकै कारण धनगढीमै फर्काइएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ, कुन्मिङबाट काठमाडौं आउँदै गरेको चाइना ईस्टर्न एयरलायन्सको विमान पुनः कुन्मिङ नै फर्किएको छ भने दिल्ली–काठमाडौं उडानमा रहेको इन्डिगो एयरको जहाज महोत्तरीमाथि करिब ३० मिनेट ‘होल्ड’ मा राखिएपछि अन्ततः दिल्ली डाइभर्ट गरिएको छ।

हाल काठमाडौंको आकाशमा दृश्यता करिब ४ हजार मिटर भए पनि इन-रुट मौसम अत्यन्त अस्थिर रहेकाले उडानहरू सुरक्षित रूपमा सञ्चालन गर्न चुनौतीपूर्ण बनेको छ। यसकै कारण काठमाडौंबाट बाहिरिने उडानहरू समेत सावधानीस्वरूप रोकिएका छन्।

विमानस्थल कार्यालयले मौसममा सुधार आएपछि मात्र उडानहरू क्रमशः सञ्चालन गरिने जनाएको छ। यात्रुहरूलाई आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न र धैर्यताका साथ प्रतिक्षा गर्न अनुरोध गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.