बुधबार, भाद्र ३,२०८३ 12:01:05
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 12:01:05
Bizshala
Global IME Bank Limited

आजदेखि एसईई परिक्षा सुरु

आजदेखि एसईई परिक्षा सुरु
New Office

काठमाण्डौ  । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालनमा आएको हो।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने एसईई चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी छन्।

Bizshala
CG Motors

यस वर्ष परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी हुनेछन्। साथै जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले पनि परीक्षा दिँदै छन्।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ।

परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन्। सुरक्षाको व्यवस्थाअन्तर्गत प्रत्येक केन्द्रमा १५ जना प्रहरी खटाइएको छ भने एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र थप दुई कर्मचारी परिचालन गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.