काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा ३५ प्रतिशत छुटको म्याद थप गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी भएका व्यतित बीमालेख चैत २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने जनाएको हो । यसअघि यो सुविधा चैत २५ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।
बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस्तो छुट बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने छ । २०८१ चैत १६ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट नदिइने कम्पनीले जनाएको छ ।
यस्तै पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमा शुल्क छुट रकम समर्पण रकममा कटाइने कम्पनीले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                