शुक्रबार, जेष्ठ ८,२०८३ 12:26:38
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 12:26:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सञ्चारमन्त्री र विश्व बैँकका निर्देशकबिच भेटवार्ता

Laxmi Sunrise Bank Limited
सञ्चारमन्त्री र विश्व बैँकका निर्देशकबिच भेटवार्ता
Shivam Cement

काठमाण्डौ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका उच्चस्तरीय प्रतिनिधिबीच भेटवार्ता भएको छ ।  

विश्व बैंकको दक्षिण एसिया क्षेत्रअन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेन नेतृत्वको टोलीसँग भएको छलफलमा ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ लाई केन्द्रमा राख्दै सरकारका प्राथमिकता र कार्यान्वयन रणनीतिबारे गहन विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।  

Bizshala
New Office
CG Motors

भेटका क्रममा निर्देशक सिस्लेनले नेपालको सूचना प्रविधि क्षेत्र विस्तारका लागि पहुँच अभिवृद्धि, डिजिटल साक्षरता, तथा संस्थागत क्षमता विकासमा विश्व बैंकको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले विशेषतः शासकीय सुधारको एजेन्डा कार्यान्वयनमा परियोजनाले ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

Garima Development Bank
Shivam Cement
IME remit

मन्त्री डा. तिमिल्सिनाले भने नयाँ सरकार परिणाममुखी कार्यशैलीसहित अघि बढिरहेको उल्लेख गर्दै विगतमा देखिएका संरचनागत तथा कार्यान्वयनसम्बन्धी समस्यालाई समाधान गर्ने दिशामा सरकार दृढ रहेको बताए। उनले डिजिटल ट्रान्सफरमेसन परियोजनालाई तीव्र गतिमा अघि बढाइ नागरिक सेवा सरल, छरितो र पारदर्शी बनाइने प्रतिबद्धता जनाए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.