मंगलवार, असार ९,२०८३ 08:05:21
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:05:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानमा जारी युद्ध अन्त्य गर्ने प्रयासमा सहयोग गर्न पुटिन इच्छुक हुनुहुन्छ : ट्रम्प

Laxmi Sunrise Bank Limited
इरानमा जारी युद्ध अन्त्य गर्ने प्रयासमा सहयोग गर्न पुटिन इच्छुक हुनुहुन्छ : ट्रम्प

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हालै भएको वार्तामा यूक्रेन युद्ध र इरानसम्बन्धी मुद्दाहरूमा विस्तृत छलफल भएको जानकारी दिएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले यूक्रेन युद्धलाई प्राथमिकतामा राखेर कुराकानी भएको बताए। उनका अनुसार राष्ट्रपति पुटिनले इरानसँग सम्बन्धित तनाव र द्वन्द्व अन्त्य गर्ने प्रयासमा सहयोग गर्न इच्छा व्यक्त गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

ट्रम्पले भने, ‘हामीले मुख्यतः यूक्रेन युद्धका बारेमा कुरा गर्यौं, तर पुटिन इरानको अवस्था समाधान गर्न सहयोग गर्न चाहनुहुन्छ। तर मैले उहाँलाई पहिले यूक्रेनको युद्ध अन्त्य गर्नतर्फ ध्यान दिन आग्रह गरेको छु।’

यसै क्रममा ट्रम्पले पुटिनले इरानको आणविक कार्यक्रम, विशेष गरी युरेनियम एनरिचमेन्ट प्रक्रियामा सहभागी हुने प्रस्तावसमेत राखेको खुलासा गरे। ट्रम्पका अनुसार उनले उक्त प्रस्तावप्रति चासो नदेखाउँदै यूक्रेनमा जारी युद्ध अन्त्य गर्न प्राथमिकता दिन सुझाव दिएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी अडान पुनः दोहोर्याउँदै भने, ‘हामी इरानलाई परमाणु हतियार राख्न अनुमति दिन सक्दैनौं। उनीहरूलाई पनि यो कुरा थाहा छ। यस विषयमा पुटिन पनि सहमत देखिनुहुन्छ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.