आईतवार, श्रावण ३,२०८३ 08:31:52
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 08:31:52
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशमा ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन हुने, कार्यक्रमका लागि ७ करोड विनियोजन

कोशी प्रदेशमा ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन हुने, कार्यक्रमका लागि ७ करोड विनियोजन
New Office

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।  

प्रदेश सरकारले बालिका शिक्षालाई सशक्त बनाउँदै उनीहरूको क्षमता विकास र अवसर विस्तार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम अघि सारेको हो।

सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले उक्त कार्यक्रमका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

उनका अनुसार यो कार्यक्रमले छात्राहरूलाई शैक्षिक रूपमा सक्षम बनाउनुका साथै आत्मनिर्भरता र सामाजिक सशक्तिकरणतर्फ अघि बढाउने लक्ष्य राखिएको छ।

सरकारका अनुसार ‘सक्षम छोरी कार्यक्रम’ बाट प्रदेशभरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २ लाख ७५ हजार छात्रा प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।  

कार्यक्रममार्फत छात्राहरूको शैक्षिक पहुँच विस्तार गर्दै उनीहरूको क्षमता विकास, आत्मविश्वास वृद्धि र अवसरमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

त्यसैगरी, कोशी प्रदेश सरकारले शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन १०० वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड जडान गर्ने योजना अघि सारेको छ। 

यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ। डिजिटल प्रविधिको प्रयोगले कक्षाकोठाको शिक्षण पद्धति आधुनिक, आकर्षक र प्रभावकारी हुने सरकारको विश्वास छ।

प्रदेश सरकारले शिक्षा तथा खेलकुद क्षेत्रका लागि समग्रमा ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।  

यसलाई मानव संसाधन विकास, दक्ष जनशक्ति उत्पादन तथा दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणको आधारका रूपमा लिइएको छ।

सरकारका अनुसार शिक्षा क्षेत्रमा गरिएको लगानीले प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।  

विशेषगरी बालिका शिक्षामा केन्द्रित कार्यक्रमले लैङ्गिक समानता, सशक्तिकरण र सामाजिक समावेशीकरणलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.