शुक्रबार, श्रावण ८,२०८३ 12:55:18
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:55:18
Bizshala
Global IME Bank Limited

आर्थिक गणनामा १३ लाख बढी प्रतिष्ठान सूचीकृत

आर्थिक गणनामा १३ लाख बढी प्रतिष्ठान सूचीकृत
New Office

काठमाण्डौ । दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत देशभर कुल १३ लाख ५१ हजार १६७ व्यावसायिक प्रतिष्ठान सूचीकृत भएका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

कार्यालयका अनुसार यसपटक सूचीकृत प्रतिष्ठानको संख्या पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ को तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनामा ९ लाख २३ हजार ३५६ प्रतिष्ठान मात्र समेटिएका थिए।

गणनामा सहभागी प्रतिष्ठानमध्ये १३ लाख ४४ हजार ५०० ले कागजी प्रश्नावलीमार्फत आफ्नो विवरण उपलब्ध गराएका छन् भने ६ हजार ६६७ प्रतिष्ठानले अनलाइन (इ–सेन्सस) प्रणालीमार्फत विवरण दर्ता गराएका छन्।

कार्यालयले आर्थिक गणनाको विस्तृत तथा पूर्ण प्रतिवेदन आगामी छ महिनाभित्र सार्वजनिक गर्ने जनाएको छ। कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार गणनामा औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका प्रतिष्ठान समेटिएका छन्।

आर्थिक गणनाको स्थलगत कार्यका लागि ३ हजार ९०७ गणक र ५२६ सुपरिवेक्षक परिचालन गरिएको थियो। गणनामा खटिएका करार सेवाका गणक तथा सुपरिवेक्षकहरूको कार्यावधि सोमबारदेखि समाप्त हुन थालेको छ। साथै, जिल्लास्थित आर्थिक गणना कार्यालयहरू पनि असार मसान्तभित्र बन्द हुने तयारीमा रहेका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालय ले अझैसम्म गणनामा छुट भएका वा आंशिक विवरण मात्र उपलब्ध गराएका प्रतिष्ठानलाई सम्बन्धित जिल्ला कार्यालयमा सम्पर्क गरी आवश्यक विवरण बुझाउन आग्रह गरेको छ।

उद्योग, व्यापार, सेवा क्षेत्र तथा निजी एवं सार्वजनिक संघ–संस्थाको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्नु आर्थिक गणनाको मुख्य उद्देश्य रहेको कार्यालयले जनाएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.