सोमबार, श्रावण १८,२०८३ 07:44:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:44:48
Bizshala
Global IME Bank Limited

सय दिन नपुग्दै उद्योगमन्त्री यादवले प्रधानमन्त्री बालेन शाहलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

सय दिन नपुग्दै उद्योगमन्त्री यादवले प्रधानमन्त्री बालेन शाहलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन
New Office

काठमाण्डौ । सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सफलतापूर्वक सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेकी हुन्। सरकारले सार्वजनिक गरेको एक सय दिने कार्ययोजनाअनुसार अझै एक सातापछि मात्र एक सय दिन पूरा हुने भए पनि उद्योग मन्त्रालयले निर्धारित समयअघि नै आफ्नो जिम्मेवारी पूरा गरेको जनाएको छ।

सरकारको कार्ययोजनाअनुसार विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो। उद्योग मन्त्रालयले ती सबै कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेको जनाएको छ।

मन्त्री यादवले सरकारप्रति जनविश्वास बढाउने, सुशासनलाई संस्थागत गर्ने तथा परिणाममुखी कार्यशैली स्थापित गर्ने उद्देश्यले मन्त्रालयले तीव्र गतिमा काम गरेको बताएकी छन् । मन्त्रालयका कर्मचारी, सम्बन्धित निकाय तथा सरोकारवालाको समन्वयका कारण निर्धारित जिम्मेवारी समयमै पूरा गर्न सम्भव भएको उनको भनाइ छ।

प्रधानमन्त्री बालेन शाहले पनि सरकारका सबै मन्त्रालयलाई घोषणा गरिएका कार्यक्रम समयमै सम्पन्न गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन निरन्तर निर्देशन दिँदै आएकी छन्। उद्योग मन्त्रालयले समयअघि नै कार्यसम्पादन प्रतिवेदन बुझाएको घटनालाई सरकारको कार्यान्वयन क्षमताको एउटा उदाहरणका रूपमा समेत हेरिएको छ।

सरकारको एक सय दिने कार्ययोजनाको औपचारिक अवधि आगामी २० गते पूरा हुने भए पनि उद्योग मन्त्रालयले एक साताअगावै आफ्नो जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाएको जनाएको छ। अब अन्य मन्त्रालयहरूले पनि आफ्नो कार्यप्रगति सार्वजनिक गर्ने क्रम अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.