आईतवार, असार १४,२०८३ 09:47:05
Bizshala
  • आईतवार, असार १४,२०८३ 09:47:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिरोले मेची राजमार्ग अवरुद्ध, चार जिल्लाको यातायात प्रभावित

Laxmi Sunrise Bank Limited
पहिरोले मेची राजमार्ग अवरुद्ध, चार जिल्लाको यातायात प्रभावित

काठमाण्डौ । लगातारको वर्षापछि आएको पहिरोले मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।  

इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित बनेको हो।

New Office
CG Motors
Garima Development Bank

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार शनिबार रातिदेखि परेको वर्षासँगै ठूलो परिमाणमा लेदो र पहिरो सडकमा झरेपछि राजमार्ग बन्द भएको हो।  

उक्त सडकखण्ड पहिरोको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले वर्षायाममा यस्ता समस्या पटक–पटक दोहोरिने गरेको उनले बताए ।  

हाल सडक खुलाउने काम तीव्र रूपमा अघि बढाइएको छ।

साना सवारीसाधनलाई एकतर्फी सञ्चालन गराउने लक्ष्यका साथ पहिरो हटाउने प्रयास जारी रहेपनि निरन्तर लेदो खसिरहेकाले ठूला सवारीसाधन सञ्चालनमा आउन भने अझै केही समय लाग्ने प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ढकालले रातिदेखि नै सडक पूर्ण रूपमा अवरुद्ध रहेको उल्लेख गर्दै बिहानैदेखि डोजर परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता, मेची राजमार्गकै रोङ गाउँपालिका–४ अन्तर्गत इलाम–झापा सीमाक्षेत्रमा पनि ढिस्को खस्नुका साथै दुईवटा रूख सडकमा ढलेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।  

प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार उक्त स्थानमा समेत सडक खुलाउन सम्बन्धित निकाय परिचालन गरिएको छ।

दुवै स्थानमा सडक बन्द भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीचको यातायात सेवा प्रभावित भएको छ। विभिन्न गन्तव्यतर्फ आवतजावत गरिरहेका सवारीसाधन बाटोमै रोकिँदा सयौँ यात्रुले सास्ती खेप्नु परेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.