सोमबार, श्रावण १८,२०८३ 06:55:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:55:16
Bizshala
Global IME Bank Limited

भेनेजुएलामा चमत्कारिक उद्धार जारी, भूकम्पपछि ३३ जना जीवितै भेटिए

भेनेजुएलामा चमत्कारिक उद्धार जारी, भूकम्पपछि ३३ जना जीवितै भेटिए
New Office

काठमाण्डौ । विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको भेनेजुएलामा भग्नावशेषभित्रबाट जीवित मानिसको उद्धार हुने क्रम अझै रोकिएको छैन।  

विपत्तिको केही दिनपछि पनि दर्जनौँ व्यक्तिलाई सकुशल बाहिर निकाल्न सफल भएपछि प्रभावित क्षेत्रमा आशा कायमै रहेको छ।

गत बुधबार केवल ३९ सेकेन्डको अन्तरमा ७।२ र ७।५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि सयौँ भवनहरू भत्किएका थिए।  

यस प्राकृतिक विपत्तिमा हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार सप्ताहन्तमा मात्रै उद्धारकर्मीहरूले भग्नावशेषबाट ३३ जनालाई जीवितै उद्धार गरेका छन्।  

उद्धार गरिएकामध्ये दुई जना ११ वर्षीय बालक रहेका छन्, जसलाई आइतबार छुट्टाछुट्टै स्थानमा रहेका भत्किएका भवनबाट सुरक्षित रूपमा बाहिर निकालिएको हो।

तीमध्ये मोइसेस नामका बालक करिब तीन मिटर गहिराइसम्म पुरिएका थिए।  

कोलम्बियाको विपद् जोखिम व्यवस्थापन टोलीले करिब छ घण्टासम्म निरन्तर प्रयास गरेपछि उनलाई जीवितै उद्धार गर्न सफल भएको जनाएको छ।

उद्धारपछि मोइसेसको आँखामा घामको असर नपरोस् भनेर पट्टी बाँधिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार उनी भेटिएको स्थान नजिकै उनकी आमा र दिदीको शव फेला परेको थियो।

त्यसलगत्तै काराबालेडा सहरबाट अर्का ११ वर्षीय बालकलाई पनि जीवितै उद्धार गरिएको भिडियो राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रत्येक उद्धारले राष्ट्रमा नयाँ आशा थपिरहेको बताएकी छन्।

विज्ञहरूका अनुसार भूकम्पपछिका पहिलो ४८ देखि ७२ घण्टा जीवित मानिस फेला पार्ने सम्भावना सबैभन्दा बढी हुने समय हो।

त्यो अवधि पार भइसके पनि उद्धार टोलीहरूले खोजी अभियानलाई निरन्तरता दिएका छन्।  

आइतबार फ्रान्सेली र अमेरिकी उद्धार टोलीले काराबालेडाबाट एक बुबा र उनका किशोर छोरालाई समेत जीवितै बाहिर निकालेका छन्।

परकम्पले बढायो त्रास

सबैभन्दा बढी क्षति तटीय क्षेत्र ला गुइरामा पुगेको छ।

लगातार आइरहेका परकम्पका कारण स्थानीयवासी अझै त्रासमा छन् भने उद्धार अभियान पनि प्रभावित भइरहेको छ।  

सरकारको सुस्त उद्धार कार्यप्रति स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरिरहेका छन्।

कारिबे र तानागुआरेनाजस्ता धेरै प्रभावित क्षेत्रमा अझै भग्नावशेष हटाउने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

केही स्थानीयले सडक बन्द गरिएकाले उद्धार अभियान थप जटिल बनेको बताएका छन्।

घरविहीन बनेका हजारौँ मानिस अहिले गाडी, विमानस्थल र गल्फ कोर्षलगायत खुला स्थानमा अस्थायी बास बसिरहेका छन्।  

काराबालेडाको एउटा गल्फ कोर्षलाई राहत वितरण केन्द्र तथा अस्थायी अस्पतालका रूपमा सञ्चालन गरिएको छ।

अन्तर्राष्ट्रिय सहयोग तीव्र

भूकम्पपछि विभिन्न मुलुकबाट उद्धार टोली भेनेजुएला पुगेका छन्। मेक्सिको, स्पेन, कतार, अमेरिका, बेलायतलगायतका देशले खोज तथा उद्धार अभियानमा जनशक्ति र स्रोत परिचालन गरेका छन्।

संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरका अनुसार विश्वभरबाट ३९ वटा अन्तर्राष्ट्रिय खोज तथा उद्धार टोली परिचालन भएका छन्।  

ती टोलीमा करिब दुई हजार विशेषज्ञ र १११ वटा तालिमप्राप्त उद्धार कुकुर सहभागी छन्।

यसैबीच, भग्नावशेषभित्र फसेका व्यक्तिको खोजीलाई प्रभावकारी बनाउन ुककरोच ड्रोनु भनेर चिनिने साना अत्याधुनिक माइक्रो ड्रोनको समेत प्रयोग भइरहेको छ।

यी ड्रोनले साँघुरा र जोखिमपूर्ण स्थानमा पुगेर उद्धार टोलीलाई आवश्यक जानकारी उपलब्ध गराइरहेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.