आईतवार, फाल्गुन ११,२०८१ 09:18:41
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:18:41
IME remit
Global IME Bank Limited

सूर्यज्योति लाइफको अभिकर्ता प्रडक्ट एम्बासेडर अभियान प्रभावकारी बन्दै

Hyundai Nepal
सूर्यज्योति लाइफको अभिकर्ता प्रडक्ट एम्बासेडर अभियान प्रभावकारी बन्दै
Nabil Bank Limited

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरुको फोटो राखी  कम्पनीको बिज्ञापन समाग्री हरु कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालमार्फत देश व्यापी रुपमा प्रचार –प्रसार गर्नुका साथै कम्पनीका देशै भरि रहेका शाखा कार्यालयहरुको बिशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर,बिज्ञापन बोर्ड,फ्लायर,लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ ।  

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, इज्जत एबं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनिहरु प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको कम्पनीले जनाएको छ । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको कम्पनीले ठम्याई छ ।  

चालु आवमा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही तथामहाराजगंज शाखाका सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रडक्ट एम्बासेडरको उपाधि प्राप्त गर्न सफल भएको कम्पनीले उल्लेख गरेको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

गौरव कुमार शाही

प्रडक्ट एम्बासेडर बने पछि नयाँ परिचय थपिएको, सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखाहरुमा क्रस स्ट्याण्डमा फोटो हुने, ब्रोसर, मोबाइल एप्स तथा वेबसाइटहरुमा समेत फोटो आउने भएकाले बीमितहरुको बिचमा कम्पनीको आधिकारीक अभिकर्तारव्यक्ति हो भन्ने अनुभूति हुनुका साथै मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिहरुलाई बीमा गराउन झन सजिलो भएको बताए । विगत ३र४ वर्ष देखि लगातार विभिन्न बीमा योजनाको प्रडक्ट एम्बासेडर बन्न सफल भएको र यसको फाइदा आफुले राम्रोसँग अनुभुत गरेकाले आगामी दिनमा अरु बीमा योजनाको प्रडक्ट एम्बासेडरमा समेत आफ्नो दावेदारी रहने बताउँदै यस्ता योजनाले अभिकर्ताहरुमा थप उर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुने कुरामा आफु ढुक्क रहेको बताए ।

सृजना पन्त

प्रडक्ट एम्बासेडर  बनेर सम्मान पाउँदा एकदमै गर्व महशुस भएको छ । यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आपूm र आफ्नो कम्पनी प्रति गर्व गर्ने अवसरको रुपमा लिएको बताइन् । प्रडक्ट एम्बासेडर बने पछि उनलाई आफन्त, साथीभाई र समाजले हेर्ने दृष्टीकोणमा नै फरक पाएको बताउनुहुन्छ । यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ । कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाईको फोटो आएको? कम्पनीले ब्राण्डीङ गरेकोले समाजमा विश्वास बढेको,व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ ।  

प्रमुख कार्यकारी अधिकृत,प्रकाश बिक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो  मुल्यवान अवसर मार्फत अभिकर्ताहरुले मेची देखि महाकाली सम्म रहेका दुर दराजका गाउँगाउँका हरेक घरसम्म  पुगेर आफ्नो क्षमताहरू प्रदर्शन गरि हरेक नेपालीहरुको मन मुटुमा जोडिएर विश्वसनीयता स्थापित गरि आफ्नो व्यवसाय वृद्धिमा अवश्य सहजता  हुने कुरामा आफू बिश्वस्त रहेको कुरा बताए ।  

साथै, सूर्यज्योतिको प्रोडक्ट एम्बासडरको रुपमा आफूलाई स्थापित गरि आफ्नो आर्थिक र सामाजिक प्रतिष्ठा बढाउन देश भरि जीवनवीमा क्षेत्रमा सेवा प्रदान गरिरहनु भएका सम्पुर्ण अभिकर्ताहरुलाई धन्यवाद दिदै अवसर प्राप्त गर्न अनुरोध गरे ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.