काठमाण्डौ । शुक्रबार सेयरबजारमा ४ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, थ्राइव ब्रोकरेज हाउस, श्रीकृष्ण सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज र ओपल सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा आरबीबी सेक्युरिटिज, दिव्या सेक्युरिटिज, भिजन सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरहरुमा आरबीबी सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ६७ करोड ९७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा १६.५१ प्रतिशत सेयर खरिद भएको छ भने ८३.४९ प्रतिशत सेयर बिक्री भएको छ ।


