सोमबार, श्रावण १८,२०८३ 04:48:00
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:00
Bizshala
Global IME Bank Limited

चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द

चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
New Office

काठमाण्डौ । सडक डिभिजन कार्यालय सुर्खेतले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। पटक–पटक लिखित तथा मौखिक ताकेता, निर्देशन र म्याद थप गर्दा पनि अपेक्षित प्रगति नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताको प्रावधानअनुसार सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ।

सार्वजनिक सूचनामार्फत सुर्खेतमा सञ्चालित चार वटा सडक तथा पुल निर्माण आयोजनाका ठेक्का अन्त्य गरिएको हो। निर्माण व्यवसायीहरूले सम्झौताअनुसारको दायित्व पूरा नगरेको र काम सम्पन्न गर्न दिइएको आग्रह तथा समयसीमा समेत पालना नगरेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो ।

ठेक्का अन्त्य गरिएका आयोजनामध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामाथि प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एड्भेन्चर जेभी, बाँकेले पाएको थियो। त्यस्तै, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा प्रि–स्ट्रेस्ड आरसिसी पुल निर्माणको जिम्मा जयबुद्ध–नेपाल मेगा बिल्डर्स जेभी, सुर्खेतलाई दिइएको थियो।

यसैगरी, सुर्खेत–जुम्ला सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको ठेक्का टिडीआर कन्स्ट्रक्सन प्रालि, धनगढीले लिएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल खण्डमा सडक पुनःस्थापना, नाला निर्माण तथा सडक संरक्षण कार्य जनता बिल्डर्स, भेरीगङ्गा–९ सुर्खेतले गरिरहेको थियो।

डिभिजन कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९९७० तथा ठेक्का सम्झौताका सर्तअनुसार सम्झौता अन्त्य गरिएको हो। साथै, सार्वजनिक खरिद नियमावलीअनुसार पोस्ट–टर्मिनेसन मूल्याङ्कन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने र सरकारी क्षति सम्बन्धित निर्माण व्यवसायीबाट असुलउपर गरिनेछ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई सम्पर्क गरी वित्तीय फरफारक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.