सोमबार, श्रावण १८,२०८३ 04:48:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:04
Bizshala
Global IME Bank Limited

खसीको मासुमा मनपरी मूल्य: किलोमै ४०० रुपैयाँसम्म बढ्यो, अनुगमन निकाय बेखबर

खसीको मासुमा मनपरी मूल्य: किलोमै ४०० रुपैयाँसम्म बढ्यो, अनुगमन निकाय बेखबर
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा खसीको मासुको मूल्यमा मनपरी बढोत्तरी हुँदा उपभोक्ता मारमा परेका छन्। केही समयअघिसम्म प्रतिकिलो १ हजार २०० देखि १ हजार ३०० रुपैयाँसम्ममा पाइने खसीको मासु अहिले १ हजार ४०० देखि १ हजार ६०० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।

छोटो समयमै प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म मूल्य बढेपछि उपभोक्ताको भान्सा थप महँगिएको छ। विशेषगरी निम्न तथा मध्यम वर्गीय परिवार दैनिक उपभोग्य वस्तुमा भइरहेको यस्तो मूल्यवृद्धिबाट बढी प्रभावित भएका छन्।

बजारमा खसीको मासुको मूल्य पसलअनुसार फरक–फरक पाइएको उपभोक्ताहरूको गुनासो छ। उनीहरूले आपूर्ति अभावको बहानामा व्यापारी र बिचौलियाले कृत्रिम मूल्यवृद्धि गरेको आरोप लगाएका छन्।

व्यापारीहरू भने मागअनुसार खसी बजारमा आउन नसकेको बताउँछन्। वर्षायामका कारण ढुवानीमा समस्या आएको, गाउँबाट खसी ल्याउन कठिन भएको र माग बढेकाले मूल्य चर्किएको उनीहरूको दाबी छ।

पछिल्लो समय कुखुराको मासुमा बर्डफ्लुको संक्रमण र त्रासका कारण पनि उपभोक्ताहरू खसीको मासुतर्फ आकर्षित भएका छन्। यसले बजारमा खसीको मासुको माग थप बढाएको व्यवसायीहरूको भनाइ छ।

तर, उपभोक्ताहरू भने यही अवस्थालाई मौका बनाएर बजारमा मनपरी मूल्य असुल्ने क्रम बढेको बताउँछन्। बजारमा न त मूल्यमा एकरूपता छ, न त अनुगमनको प्रभावकारी उपस्थिति नै देखिएको छ।

यस विषयमा सम्बन्धित बजार अनुगमन निकायका अधिकारीहरूले खसीको मासुमा भएको मूल्यवृद्धिबारे आफूहरूलाई औपचारिक जानकारी नभएको बताएका छन्। उनीहरूले आगामी दिनमा अनुगमनलाई तीव्र बनाउने र कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

तर, अनुगमन निकायले पटक–पटक यस्तै प्रतिबद्धता जनाए पनि बजारमा त्यसको प्रभाव देखिएको छैन। नियमित र प्रभावकारी अनुगमन नहुँदा उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भइरहेका छन्।

दैनिक उपभोग्य वस्तुमा देखिएको यस्तो मूल्यवृद्धिले बजारमा उपभोक्ता संरक्षण कमजोर भएको र व्यापारीको मनपरी बढेको संकेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.