सोमबार, श्रावण १८,२०८३ 03:34:14
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:14
Bizshala
Global IME Bank Limited

बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र रु.५२ करोड क्षतिपूर्ति उपलब्ध गराउने तयारी

बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र रु.५२ करोड क्षतिपूर्ति उपलब्ध गराउने तयारी
New Office

काडमाण्डौ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्तिस्वरूप सरकारले प्रभावित किसानलाई रु ५२ करोड उपलब्ध गराउने तयारी गरेको छ। पशुसेवा विभागले रोग नियन्त्रणका क्रममा क्षति व्यहोरेका किसानलाई एक साताभित्र राहत रकम वितरण गर्ने जनाएको छ।

विभागका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा सम्बन्धित धनीलाई ७५ प्रतिशत राहत रकम उपलब्ध गराइनेछ।

क्षति प्रमाणित भई माग दाबी गरेका किसानको बैंक खातामा एक साताभित्र रकम भुक्तानी गरिने भएको् छ। असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइने जनाइएको छ ।

बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरी राहत वितरण गरिने विभागले जनाएको छ। विभागले नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको सम्पूर्ण प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन किसानलाई आग्रह गरेको छ।

बर्डफ्लुका कारण हालसम्म काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्ला प्रभावित भएका छन्।

विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब रु ७० करोड बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.