Bizshala
  • मंगलवार, असार २३,२०८३ 01:54:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री बालेन शाह  र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री बालेन शाह  र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंकका अध्यक्ष मसातो कान्दाबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको विकास प्राथमिकता, एडीबीले गर्दै आएको सहयोग, आगामी साझेदारी तथा सहुलियतपूर्ण ऋण परिचालनलगायत विषयमा छलफल भएको थियो।

New Office
CG Motors
Garima Development Bank

जेनजी आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री बनेलगत्तै कान्दाले नेपालका विकास प्राथमिकतामा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेका थिए। त्यसपछि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कान्दाको नेपाल भ्रमणकै क्रममा नेपालले एडीबीसँग १६ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब २५ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा सोमबार दुई आयोजनामा लगानी गर्ने गरी उक्त ऋण सम्झौता गरिएको हो।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.