सोमबार, श्रावण १८,२०८३ 04:48:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:07
Bizshala
Global IME Bank Limited

सिंहदरबारमै ट्राफिक नियमको धज्जी, फुटपाथदेखि सडकसम्म पार्किङ

सिंहदरबारमै ट्राफिक नियमको धज्जी, फुटपाथदेखि सडकसम्म पार्किङ
New Office

काठमाडौं । सार्वजनिक सडकमा केही मिनेट सवारी रोक्दा पनि सर्वसाधारणले ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था रहँदा  देशको  प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र भने ट्राफिक नियमको कार्यान्वयन कमजोर देखिएको भन्दै प्रश्न उठ्न थालेको छ।

सिंहदरबार परिसरका विभिन्न सडकमा फुटपाथ ढाकिने गरी तथा सडकको दुवैतर्फ आधा भाग ओगटेर सवारीसाधन पार्किङ गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ। कतिपय स्थानमा ‘नो पार्किङ’ लेखिएका बोर्ड राखिएका भए पनि सोही स्थानमा सवारी पार्क गरिएको भेटिन्छ।

यसले सिंहदरबारभित्र काम विशेषले पुग्ने सेवाग्राही, कर्मचारी तथा आगन्तुकलाई असहज बनाएको छ। पैदलयात्रीका लागि बनाइएका फुटपाथ नै पार्किङस्थलमा परिणत भएपछि उनीहरू बाध्य भएर सडकबाटै हिँड्नुपर्ने अवस्था छ। यसबाट दुर्घटनाको जोखिमसमेत बढेको छ।

अव्यवस्थित पार्किङको सबैभन्दा ठूलो असर अपाङ्गता भएका व्यक्ति र ह्वीलचेयर प्रयोगकर्तामा परेको छ। फुटपाथ अवरुद्ध हुँदा उनीहरू सवारी चल्ने सडकबाटै ह्वीलचेयर गुडाउन बाध्य छन्। सडक किनारासमेत सवारीले ढाकिँदा उनीहरूको आवागमन थप जोखिमपूर्ण बनेको छ।

सिंहदरबार मुलुकको प्रशासनिक केन्द्र मात्र होइन, सुशासन, कानुनी शासन र सार्वजनिक अनुशासनको नमूना बन्नुपर्ने स्थान हो। तर, त्यही क्षेत्रमा ट्राफिक नियमको खुलेआम उल्लंघन भइरहँदा सर्वसाधारणका लागि लागू हुने नियम सरकारी निकायभित्र समान रूपमा लागू भएको छ कि छैन भन्ने प्रश्न उठेको छ।

ट्राफिक व्यवस्थापन तथा पार्किङ नियमनका लागि सम्बन्धित निकायले स्पष्ट मापदण्ड लागू गर्नुपर्ने देखिएको छ। फुटपाथ पैदलयात्रीका लागि पूर्ण रूपमा खाली राख्ने, तोकिएको स्थानमा मात्र पार्किङ गर्ने व्यवस्था मिलाउने र नियम उल्लंघन गर्ने जोसुकैलाई समान रूपमा कारबाही गर्ने प्रणाली आवश्यक छ।

सरकारले सडक सुरक्षा, पैदलयात्रीमुखी पूर्वाधार र अपाङ्गतामैत्री पहुँचलाई प्राथमिकता दिएको बताउँदै आए पनि सिंहदरबारभित्र देखिएको अव्यवस्थित पार्किङले व्यवहारमा अझै सुधार आवश्यक रहेको संकेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.