Bizshala
  • बुधबार, असार २४,२०८३ 10:32:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देशभर मनसुन सक्रिय: आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Laxmi Sunrise Bank Limited
देशभर मनसुन सक्रिय: आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले बुधबार विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोको अवस्था

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ भने मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरीबतास चल्न सक्ने सम्भावना पनि रहेको छ।

New Office
CG Motors
Garima Development Bank

रातिको मौसम

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सतर्कता अपनाउन आग्रह

महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहिरो, डुबान तथा बाढीको जोखिम रहने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन तथा विभागबाट जारी हुने पछिल्ला मौसम बुलेटिन नियमित रूपमा पालना गर्न महाशाखाले अनुरोध गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X