आईतवार, श्रावण १७,२०८३ 03:07:32
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 03:07:32
Bizshala
Global IME Bank Limited

जापानको समुद्री ज्वालामुखी क्षेत्रमा ठूलो मात्रामा ‘अदृश्य सुन’को भण्डार फेला

जापानको समुद्री ज्वालामुखी क्षेत्रमा ठूलो मात्रामा ‘अदृश्य सुन’को भण्डार फेला
New Office

काठमाण्डौ । जापानी अनुसन्धानकर्ताहरूले जापानको दक्षिणपूर्वी समुद्री क्षेत्रमा अवस्थित हिगाशी–आओगाशिमा क्याल्डेरा नजिकका हाइड्रोथर्मल भेन्ट (तातो पानीका प्राकृतिक स्रोत) मा विश्वमै अहिलेसम्मकै सबैभन्दा उच्च सांद्रतामा ‘अदृश्य सुन’ फेला पारेका छन्। वैज्ञानिकहरूका अनुसार यो सुन सामान्य आँखाले मात्र होइन, साधारण सूक्ष्मदर्शीबाट समेत देख्न सकिँदैन।

शिजुओका विश्वविद्यालय, वासेदा विश्वविद्यालय र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले टोकियोबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेका समुद्री हाइड्रोथर्मल क्षेत्रमा संकलन गरिएका चट्टानका नमुनाको अध्ययन गरेका थिए। उनीहरूले सेकेन्डरी–आयन मास स्पेक्ट्रोमेट्री प्रविधिको प्रयोग गरी अत्यन्त सूक्ष्म मात्रामा रहेको सुनको पहिचान गरेका हुन्।

अनुसन्धानअनुसार सुन पाइराइट नामक सल्फाइड खनिजभित्र दुई स्वरूपमा रहेको पाइएको छ। एउटा नानोपाटिकलका रूपमा र अर्को पाइराइटको क्रिस्टल संरचनाभित्र परमाणु तहमा मिसिएको अवस्थामा। चम्किलो देखिने भएकाले पाइराइटलाई सामान्यतया ‘फुल्स गोल्ड’ अर्थात् नक्कली सुन भनेर चिनिन्छ।

वैज्ञानिकहरूले हिगाशी–आओगाशिमा क्षेत्रमा रहेको पाइराइटमा अहिलेसम्म विश्वमै सबैभन्दा धेरै सुनको मात्रा भेटिएको बताएका छन्। साथै, यो क्षेत्र जापानका अन्य समुद्री हाइड्रोथर्मल क्षेत्रको तुलनामा कम गहिराइमा रहेकाले भविष्यमा खनिज उत्खननका लागि आकर्षक सम्भावना भएको उल्लेख गरिएको छ।

यद्यपि हालसम्म समुद्रको गहिराइबाट व्यावसायिक रूपमा सुन उत्खनन गर्ने कुनै परियोजना सञ्चालनमा छैन। वैज्ञानिकहरू अहिले पनि समुद्री सतहमा रहेका खनिजबाट ‘अदृश्य सुन’लाई आर्थिक रूपमा लाभदायक र प्रभावकारी ढंगले निकाल्ने प्रविधिको विकासमा जुटिरहेका छन्। 

यसैबीच, अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले समुद्री जैविक विविधताको संरक्षणका लागि सक्रिय हाइड्रोथर्मल क्षेत्रमा व्यावसायिक खानी सञ्चालन गर्नुअघि वातावरणीय प्रभावको गम्भीर मूल्याङ्कन गर्नुपर्ने चेतावनी दिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.