काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको ५४ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ५४ लाख २३ हजार ३८० कित्ता सेयरको लक इन अवधि भदौ २ गतेपश्चात समाप्त हुने भएको हो ।
कम्पनीको कुल सेयर संख्यामा संस्थापक समूहको ५२ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टाइएको १ लाख ८३ हजार ३८० कित्ता र कर्मचारीहरुका लागि छुट्टाइएको ४० हजार कित्ता रहेको छ ।
यद्यपी कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा भने खरिदबिक्री गर्न पाइने कम्पनीले स्पष्ट पारेको छ ।

